कर्फ्यू हटेसँगै नवलपरासीको जनजीवन सामान्य बन्दै
परासी : कर्फ्यू हटेसँगै नवलपरासीको जनजीवन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासनले लगाएको कर्फ्यू आइतबार बिहान ६ बजेदेखि हटाएको हो । कर्फ्यू हटेसँगै पसल व्यवसाय र सवारी साधन सञ्चालनमा आएका छन् ।
विद्यालय समेत सञ्चालन भएका छन् । भदौ २४ गते जिल्लामा जेनजी समूहले गरेको प्रदर्शनपछि निषेधाज्ञा र कर्फ्यू लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस !