कैदीहरु जलेश्वरस्थित कारागारमा फर्कँदै
महोत्तरी : जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीहरू जलेश्वरस्थित कारागारमा फर्किने क्रम जारी रहेको छ। यो समाचार तयार गर्दासम्म जलेश्वर कारागारमा फर्केर आउने कैदीको संख्या १ सय ४० पुगेको छ।
कारागारका सूचना अधिकारी रविनचन्द्र ठाकुरका अनुसार १४० जना कारागार फर्किसकेका छन्। उनले थपे, ‘अझ २५ जना हामीसँग सम्पर्कमा आएका छन्। चाँडै नै बाँकी कैदीहरू पनि कारागारमा फर्किनेछ।’
गत भदौ २४ गते भएको आन्दोलनका क्रममा जलेश्वर कारागारबाट ५७६ जना फरार भएका थिए। त्यस्तै १ जना नभागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। सोही दिनको आन्दोलनको मौका छोपी मधेस प्रदेशका सप्तरी, महोत्तरी, रौतहट र पर्सास्थित कारागारबाट १ हजार ४९ जना कैदी बन्दी भागेको थियो।
प्रतिक्रिया दिनुहोस !