जेनजी आन्दोलनमा भागेका ३७ कैदीबन्दी काभ्रेबाट पक्राउ

जेनजी आन्दोलनमा भागेका ३७ कैदीबन्दी काभ्रेबाट पक्राउ
सुन्नुहोस्

काभ्रे : जेनजी आन्दोलनका क्रममा भागेका ३७ कैदीबन्दी काभ्रेबाट पक्राउ परेका छन्। विभिन्न कारागारबाट भागेका कैदीरबन्दीहरुलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयमा पठाइएको हो।

जिल्ला प्रहरी काभ्रेले कर्तव्य ज्यान १२, जबरजस्ती करणी ९, लागुऔषध ४, चोरी ४, अपहरण तथा शरीर बन्धक २, सवारी ज्यान २, ओभर स्टे १, ठगी २ र मानव बेचबिखन १ गरी ३७ कैदीबन्दीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ गरिएका कैदीबन्दीलाई केन्द्रीय कारागार १८ जना, डिल्लीबजार १४ जना, नख्खु कारागार ३ जना र सिन्धुली कारागार २ जनालाई पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका  डीएसपी मिन घलेले जनाकारी दिए।  

उनका अनुसार आइतबार प्रहरीले बनेपाबाट कटुवा पेस्तोल र गोलीसहित एकलाई नियन्त्रणमा लिएको छ। काभ्रेको मण्डनदेउपुर–७ घर भएका ३४ वर्षीय सन्तोष श्रेष्ठको कोठाबाट कटुवा पेस्तोल १ नाल, गोली ३६ राउन्डसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। श्रेष्ठले जेनजी आन्दोलनमा गोली लुकाएको सूचनामा प्रहरीले छापा मारेको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.