भारत–पाकिस्तान बीचको खेलमा किन मिलाएनन् खेलाडीहरुले हात ?

भारत–पाकिस्तान बीचको खेलमा किन मिलाएनन् खेलाडीहरुले हात ?
सुन्नुहोस्

काठमाडौं : एसिया कप २०२५ मा आइतबार भारत र पाकिस्तानबीच भएको क्रिकेट खेलमा खेलाडीहरूले हात नमिलाएकोमा विवाद उत्पन्न भएको छ। खेलमा भारतीय कप्तान र अन्य खेलाडीले पाकिस्तानी टोलीसँग हात मिलाएनन्। 

भारतीय टोलीका कप्तान सूर्यकुमार यादवले पहलगाम हमलाका कारण पाकिस्तानी खेलाडीसँग हात नमिलाएको बताए। अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि मे महिनामा भारत र पाकिस्तानबीच युद्ध भएको थियो।   

पोष्ट म्याच प्रेस कन्फ्रेन्समा प्रश्न सोध्दा कप्तान सूर्यले भने, ‘हामी पहलगाम हमलामा ज्यान गुमाउने परिवारको साथमा छौं। हामी यो जित सेनालाई समर्पित गर्न चाहन्छौं।’

सूर्यले प्रि म्याचमा पनि सम्पूर्ण टिमका खेलाडीसँग हात मिलाउने र अंकमाल गर्ने गर्दा अगाडी उभिइरहेका पाकिस्तानका कप्तान सलमान अगाहसँग हात मिलाएनन्। यो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको छ। आइतबार भएको एसिया कप २०२५ को समूह ʻएʼ अन्तर्गतको खेलमा पनि सूर्य र भारतीय टिमका कुनै पनि खेलाडीले शिष्टाचार हात मिलाएनन्। 

कप्तान सूर्यले भने, ‘कुनै कुरा खेलाडी र स्पोट्समेनसिपभन्दा भन्दा माथिको पनि हुन्छ।’

भारत र पाकिस्तानबिचको द्धन्द्ध हाल दक्षिण एसियाको बल्दो खेलकुदको समस्या हो। विशेषतः जुनसुकै खेलकुद कार्यक्रममा पनि दक्षिण एसियाको शक्ति केन्द्र रहेको भारतको चर्चा हुन्छ नै । पाकिस्तान पनि दक्षिण एसियाको एक शक्ति राष्ट्रको रुपमा छ। जसका कारण यी दुईको टकराबले विशेषतः क्रिकेटको कार्यक्रममा न्युट्रल भेन्यु प्रयोग भइरहेको हुन्छ। 

यस पटक पनि एसिया कप यूएईमा भइरहेको छ। पाकिस्तानमा हुनुपर्ने एसिया कप न्युट्रल भेन्युको रुपमा यूएईमा भएको हो। 
राजनितीक रुपमा यी दुई देशमा पहिलाबाट नै मनमुटाव थियो। तर अघिल्लो पुस्ताका खेलाडी विराट कोहली र रोहित शर्माको पुस्ताले खेलाडीको रुपमा सौहार्दपूर्ण व्यवहार गर्थे। तर हाल पहलगामको हमलापश्चात पहिलो पटक एक अर्काको सामना गरिरहेका यी दुई टिमममा विशेषतः भारतीय खेलाडीले स्पोट्सम्यानसिप समेत देखाउन चाहेनन्। 

यस विषयमा कप्तान सूर्यकुमार यादवले भनेका छन्, ‘हाम्रो सरकार र बीसीसीआइ (भारतीय क्रिकेट बोर्ड)बीच कुरा भएर नै यो कुरा हामीसम्म आएको हो।’

पाकिस्तानका पूर्वखेलाडीले गरे गुनासो 
खेल चलिरहेको बेला पाकिस्तानका पूर्वक्रिकेटर सोयब अख्तर एक टेलिभिजनमा डिबेट गरिरहेका थिए। यो घटनापश्चात उनी भन्छन्, ‘म निशब्द भएँ। यो दिल तोड्ने काम भयो। म के भनौं केही बुझिन। हेट्स अफ टु इन्डिया।’

उनले थप भने, ‘भारतले निकै राम्रो खेल्यो तर खेलमा राजनिती नल्याएको भए हुने थियो। हात मिलाउन पथ्र्यो। शिष्टचार त देखिन पथ्र्यो।’ 
उनले पाकिस्तानी कप्तान पोष्ट म्याचमा नजानुलाई भने प्रशंसा गर्दै भने, ‘उनी गएनन्, ठिक गरे।’
एजेन्सीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.