भारतको सिमलामा जिप दुर्घटना , सल्यानका चारजनाको मृत्यु

भारतको सिमलामा जिप दुर्घटना , सल्यानका चारजनाको मृत्यु
सुन्नुहोस्

दाङ : मजदुरीका लागि भारतमा रहेका  चारजना नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ। भारतको हिमाचल प्रदेशको सिमला कोटखाईमा भएको जिप दुर्घटनामा परी सल्यानका कुमाख गाउँपालिकाका चारजनाको मृत्यु भएको हो। मृत्यु हु्नेमा एकै परिवारका तीनजना छन्।

सोमबार गाडी दुर्घटनामा परी सल्यानको कुमाख गाउँपालिका -४ का ३७ वर्षीय राजेश विष्ट, ४७ वर्षीय डिल्लीबहादुर शाही, ३७ वर्षीय एकेन्द्र शाही र २४ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।  

काममा जाँदै गर्दा पिकअप गाडी दुर्घटनामा परेर चारैजनाको घनास्थलमै मृत्यु भएको बुझिएको छ । कुमाख गाउँपालिका-४ का वडाध्यक्ष शोभीलाल बस्नेतका अनुसार  मजदुरीका लागि गएका एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएपछि अहिले पुरै गाउँ शोकमा   छ ।  लक्ष्मी एक वर्षअघि र अन्य तीनजना असारमा खेतीपाति सकेर मजदुरीका लागि सिमला गएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.