त्रिपालमुनि तुलसीपुर उपमहानगरको  सेवा

त्रिपालमुनि तुलसीपुर उपमहानगरको  सेवा
सुन्नुहोस्

दाङ : जेनजी आन्दोलनका क्रममा भौतिक पूर्वाधारसहितका सम्पूर्ण संरचनामा क्षति पुगेपछि तुलसीपुर उपमहानगरपालिकाले त्रिपालमा टाँगेर आजदेखि सेवा सुरु गरेको छ।

भग्नावशेष भवनको बाहिर त्रिपाल टाँगेर उपमहानगरपालिकाले नियमित कार्य सञ्चालन गरेको हो। तोडफोड र आगजनीले उपमहानगरपालिकाका दुईवटा ठूला भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एक नयाँ भवन आंशिक रूपमा क्षति भएको छ। जो व्यावसायिक भवनका रूपमा स्थापित हुँदै थियो भने दर्जनौँ सवारी साधनहरू जलेर नष्ट भएका छन्। कार्यालय भवन क्षतिग्रस्त भएपछि तुलसीपुर उपमहानगरपालिकाले आजदेखि त्रिपालमुनिबाट सेवा सुरु गरेको उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले जानकारी दिए।

उपमहानगरपालिकाका तीनवटा भवनमा ठूलो क्षति पुगेको छ। जसमा नयाँ साततले “तुलसी टावर” को सिसा फुटेको, मेयरको कार्यकक्ष रहेको भवन क्षतिग्रस्त भएको र कार्यालय परिसरमा रहेका दमकल, पानी ट्यांकर सहितका सवारी साधन जलेका छन्। 

शिक्षा शाखा, जनस्वास्थ्य शाखा लगायतका कार्यालयका कम्प्युटर, ल्यापटप, औषधि, खोप तथा विभिन्न कागजातसमेत नष्ट भएका छन्। भौतिक संरचनामा परेको क्षतिको बीच पनि नागरिक सेवामा अवरोध नहोस् भन्ने उद्देश्यले त्रिपाल टाँगेर अस्थायी रूपमा सेवा सुरु गरिएको उपमहानगर प्रमुख टीकाराम खड्काले जानकारी दिए। उनका अनुसार सामान्य असुविधा भए पनि प्रशासनिक काम, नागरिक सेवा र दैनिक कार्य निरन्तर हुनेछन्।

आन्दोलनका क्रममा उपमहानगरपालिकासहित मालपोत, उच्च अदालत, आन्तरिक राजस्व, इलाका प्रशासन कार्यालय, कारागार, यातायात व्यवस्था कार्यालय नेपाल आयल निगम लोकसेवा कार्यालय उच्च सरकारी वकिलको कार्यालय लगायत विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो।

यसैबीच तुलसीपुर उपमहानगरपालिकाले सर्वदलीय सर्वपक्षीय छलफल समेत आरम्भ गरेको छ। क्षतिग्रस्त पूर्वाधारहरूको निर्माण र सहज अवस्थाका लागि सरोकारवालाहरूसँग छलफल गरिएको उपमहानगरपालिकाले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.