सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे जेनजीको आन्दोलनमा आगजनी तथा तोडफोड भएका सरकारी भवनको निरीक्षण

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे जेनजीको आन्दोलनमा आगजनी तथा तोडफोड भएका सरकारी भवनको निरीक्षण
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी आन्दोलनमा आगजनी गरिएका सरकारी कार्यालयको स्थलगत अनुगमन गरेका छन्।  मंगलबार मुख्यमन्त्री शाहले आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएका सरकारी कार्यालयहरूको अनुगमन गरेका हुन्।

शाहले भौतिक विकास मन्त्रालय,आर्थिक तथा मामिला मन्त्रालय,वन तथा उद्योग मन्त्रालय,सामाजिक मन्त्रालय,महान्यायाधिवक्ताको कार्यालय,जिल्ला अदालत,सरकारी वकिलको कार्यालय,वन डिभिजन कार्यालय,प्रदेश प्रमुखको कार्यालयलगायत २९ वटा संरचनामा भएको क्षतिबारे जानकारी लिएका थिए। यसैगरी शाहले आगजनी भएको कांग्रेस सभापति शेरबहादुर देउवा निवासको पनि निरीक्षण गरेका छन्। 

आगजनीबाट सरकारी कार्यालयका महत्वपूर्ण कागजात नष्ट हुनुको साथै भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। आगलागीबाट मुख्यमन्त्रीको कार्यालयको पहिलो र दोस्रो तला जलेर नष्ट भएको छ। आन्दोलनमा अर्बौ रुपैयाँ बराबरको भौतिक संरचना ध्वस्त भएको अनुमान गरिएको छ।  क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ।

भदौ २३ र २४ गते जेनजी समूहको प्रदर्शनमा देशभर जनधनको व्यापक क्षति भएको छ। आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु भएको पुष्टि भएको छ। सयौं घाइतेको विभिन्न अस्पतालमा उपचार जारी छ।

केन्द्र सरकारले आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। यसैगरी मृतकका नाममा जेनजी स्मारक पार्क,मृतकका परिवारलाई १० लाख राहत र अन्य खर्च गरी ५ लाख गरी १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। सरकारले आन्दोलनमा मृत्यु भएकाहरूको शोकमा असोज १ गते शोक बिदा समेत दिएको छ।

आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गर्न उच्चस्तरीय न्यायीक समिति गठन गर्ने सरकारले सैद्धान्तिक निर्णय गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.