जेनजी आन्दोलनबाट भएको क्षतिको विवरण सार्वजनिक, कति भयो लुम्बिनीमा क्षति ?

जेनजी आन्दोलनबाट भएको क्षतिको विवरण सार्वजनिक, कति भयो लुम्बिनीमा क्षति ?
सुन्नुहोस्

बुटवल : लुम्बिनी प्रदेश सरकारले भदौ २३ र २४ गते जेनजी आन्दोलनबाट भएको क्षतिको विवरण सार्वजनिक गरेको छ। प्रदेश सरकारले विभिन्न मन्त्रालय मातहत रहेका कार्यालयहरूको क्षतिको विवरण सार्वजनिक गरिएको हो। 

आन्दोलनमा भएको तोडफोड र आगजनीबाट लुम्बिनी प्रदेश सरकार मातहत रहेका विभिन्न कार्यालय, निर्देशनालय, सम्पर्क कार्यालय र सवारीसाधनमा क्षति पुगेको प्रदेश सरकारका निमित्त प्रमुख सचिव लिलाधर सुवेदीले जानकारी दिए। आगलागी र तोडफोडबाट बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालय पूर्णरुपमा जलेर क्षति भएको छ। त्यहाँ भएका कागजातसहित कार्यालय सामानहरू नष्ट भएका छन्। 

बुटवलमै रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सम्पर्क कार्यालयमा पनि पूर्ण रूपमा क्षति पुर्‍याइएको छ। भैंसीपाटीमा रहेको मुख्यमन्त्री निवास र तीन वटा गाडीहरू जलेर नष्ट भएका छन्। 

भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको सडक पूर्वाधार विकास कार्यालय दाङका सात वटा मोटरसाइकल र एउटा गाडीमा पूर्ण क्षति भएको छ। सडक पूर्वाधार कार्यालय आर्घाखाँचीमा सामान्य तोडफोड गरिएको छ। 

लुम्बिनी प्रदेश सरकारका अनुसार सहरी विकास तथा खानेपानी मन्त्रालय मातहत रहेको सहरी विकास तथा भवन कार्यालय रुपन्देहीमा एउटा मोटरसाइकल जलेको छ। दाङको लमहीमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रीको निवास पूर्णरुपमा नष्ट भएको छ। 

आर्थिक मामिला तथा योजना मन्त्रालय मातहत रहेको बुटवलको प्रदेश लेखा नियन्त्रक कार्यालयको भवन तोडफोड गरी गाडीसहित करिब ९६ लाख रुपैयाँ बरावरको क्षति भएको निमित्त प्रमुख सचिव सुवेदीले जानकारी दिए। 

उद्योग पर्यटन तथा यातायात मन्त्रालय मातहत रहेको यातायात व्यवस्था कार्यालय सवारी रुपन्देही, बाँके र दाङमा पूर्ण रूपमा क्षति भएको छ। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र रुपन्देहीमा पनि क्षति पूर्ण रूपमा भएको छ। उद्योग तथा उपभोक्ता हित निर्देशनालय भैरहवा, घरेलु तथा साना उद्योग कार्यालय दाङ, पर्यटन डिभिजन कार्यालय भैरहवाको गाडी, बाँके जमुनाह स्थित पर्यटन सूचना केन्द्रमा पूर्ण रूपमा क्षति पुर्‍याइएको छ। 

स्वास्थ्य मन्त्रालय अन्तर्गत मन्त्री निवास लमहीमा पूर्ण रूपमा क्षति भएको छ। ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालय मातहत दाङमा आठ वटा मोटरसाइकल जलेका छन्। वन तथा वातावरण मन्त्रालय मातहतको वन निर्देशनालयको भवन पूर्ण रूपमा क्षति भएको छ। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालय मातहतका कार्यालयहरूमा भने क्षति नभएको प्रमुख सचिव सुवेदीले जानकारी दिए। प्रदेश लोक सेवा आयोग पूर्ण रूपमा क्षति भएको छ ।

प्रदेश स्थापना भएदेखि आर्थिक वर्ष २०८०/०८१ सम्मका कर्मचारी र जनप्रतिनिधिका सम्पत्ति विवरण पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रदेश लोकसेवाकै ६ वटा सवारी साधन समेत जलेर नष्ट भएका छन्। 

क्षतिको पूर्ण विवरण संकलन गर्ने काम जारी रहेको प्रदेश सरकारले जनाएको छ। क्षतिको विवरण अझै बढ्नसक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.