सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै महोत्तरीमा मौन जुलुस
महोत्तरी : जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेकासहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै महोत्तरीमा मौन जुलुस निकालिएको छ। बुधबार मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल महोत्तरी समितिले गौशाला बजारमा मौन जुलुस गरेको हो।
जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरूप्रति शोकभाव प्रकट गर्नका लागि मौन जुलुस निकालिएको अजय कुशवाहाले बताए। गत भदौ २४ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मरणमा दीप प्रज्वलन समेत गरिएको कुशवाहाले बताए।
प्रतिक्रिया दिनुहोस !