पर्सा राष्ट्रिय निकुञ्जको आधाभार जंगलबाट बाघ नियन्त्रणमा

पर्सा राष्ट्रिय निकुञ्जको आधाभार जंगलबाट बाघ नियन्त्रणमा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिमराः पर्सा राष्ट्रिय निकुञ्जको आधाभार जंगलबाट शुक्रबार बिहान बाघ नियन्त्रणमा लिइएको छ । पछिल्लो तीन महिनामा तीनजनाको ज्यान गएपछि खटिएको विज्ञ टोलीले डार्ट गरेर बाघ नियन्त्रणमा लिएको हो ।

बाघको आक्रमण नरोकिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन र जेडएसएलको विज्ञ टोली बाघ नियन्त्रणमाका लागि खटिएको थियो । पथलैया अमलेखगञ्ज सडकखण्ड अन्तर्गत आधाभार जंगलमा बाघ देखिएपछि विज्ञ टोली पुगेर डार्ट गरेको हो ।

हात्तीको सहायतामा जंगल पुगेको टोलीले डार्ट गरी बाघलाई बेहोस बनाएको थियो । बेहोस भएको बाघलाई निकुञ्जको कार्यालयस्थित खोरमा राखिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिएका छन् ।

बाघ नियन्त्रणमा लिन विज्ञ टोलीसहित जनप्रतिनिधि, प्रहरी हात्ती चढेर जंगल पुगेका थिए । बाघको आक्रमणबाट जीतपुरसिमरामा असार र भदौ महिनामा तीनजनाको मृत्यु भएको थियो । बाघको आक्रमणबाट जीतपुरसिमरा उपमहानगरपालिका १ का ६० वर्षीय छेवाङ्ग लामा, वडा नम्बर २२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा, वडा नम्बर २१ का ५० वर्षीय चन्द्रबहादुर ब्लोनको मृत्यु भएको थियो ।

बाघको आतंक नरोकिएपछि स्थानीयले बाघ नियन्त्रणमा लिन अनुरोध गर्दै आएका थिए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.