बागमति नदी किनारामा शव फेला

बागमति नदी किनारामा शव फेला
तस्बिर : सांकेतिक तस्बिर
सुन्नुहोस्

रौतहट : रौतहटको बागमति नदीमा एकजना पुरुषको बेवारिसे शव फेला परेको छ। राजदेवी गरपालिका-  ४ गडहियाटोलस्थित बागमती नदीको किनारमा पहिचान खुल्न नसकेको एक अधबैसे पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । 

शुक्रबार बिहान ९ बजेको समयमा अन्दाजी ४० वर्षीय पुरुषको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि घटनास्थलमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सदरमुकाम गौरस्थित सरकारी अस्पतालमा पुर्‍याएको छ।

घटनाको विषयमा प्रहरी अनुसन्धान सुरू गरिएको  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता,प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.