शुक्रबार साँझदेखि नारायणघाट-मुग्लिन सडक अवरुद्ध

शुक्रबार साँझदेखि नारायणघाट-मुग्लिन सडक अवरुद्ध
तस्बिर : इश्वर क्षेत्री, सडक डिभिजन कार्यालय , भरतपुर

चितवन : सुक्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबार साँझबाट अवरुद्ध छ । इच्छाकामना गाउँपालिका - ५ स्थित तुइन खोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो। 

लगातार पहिरो खसेका कारण सफा गर्न नमिलेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले बताए । बिहान साढे ६ बजेसम्म पनि ढुङगासहितको पहिरो खस्ने क्रम जारी छ ।  समय समयमा फाटफुट ढुङ्गाहरु झरिरहेको कारण पहिरो हटाउन कठिन भएको हो । पहिरो झर्ने क्रम रोकिए तीन वटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने तयारी गरिएको प्रहरीले जनाएको छ । 

राती ठूलो पहिरो खसेपछि पहिरो हटाउन समय लागेको हो । सवारीसाधनको जामका कारण काठमाडौं पोखरा रुटका साधन समेत प्रभावित भएका छन् ।

प्रहरीले सवारी चालकलाई लेन कायम गरेर बस्न माइकिङ गरेको छ । सडक अवरुद्ध भएपछि रातभर यात्रु अलपत्र परेका छन् । पहिरो खसेर दुई वटा इभी माइक्रोमा क्षति पुगेको छ । प्रदेश ०३–००१ ज ११६१ नम्बर  र बागमती प्रदेश ०३–००१ ज ३१० नम्बरको माइक्रोमा सडक माथिबाट पहिरो खसेर  सामान्य क्षति भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.