माटोको ढिस्कोले पुरिएर महिलाको ज्यान गयो
उदयपुर : उदयपुरमा माटोको ढिस्कोले पुरियर एक महिलाको आइतबार दिउँसो ज्यान गएको छ । दशैंमा घर लिपपोत गर्न रातोमाटो लिन गेरुवा खोला गएकी त्रियुगा नगरपालिका- ३ चाप बगरटोलकी २४ वर्षीय रमिला राईको माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन चापागाईका अनुसार उनको घटनास्थलमा नै ज्यान गएको हो । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !