जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले गरे आफ्नै श्रीमतीको हत्या

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले गरे आफ्नै श्रीमतीको हत्या

काठमाडौं : नख्खु कारागारबाट जेनजी आन्दोलनका बेला भागेका एकजना कैदीले घरमा फर्केर आफ्नै श्रीमतीको हत्या गरेका छन्। 

कारागारबाट फरार भएका सन्तबहादुर तामाङले श्रीमतीको हत्या गरेर घरको करेसामा गाडेको पाइएको डीएसपी मिन घलेले बताए। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।  

जिल्लाको पनौती नगरपालिका-१२ कलाँतीस्थित घरको पछाडि करेसामा गाडिएको अवस्थामा श्रीमती जमुनाको शव फेला परेको छ। ३२ वर्षीया जमुना तीन दिनदेखि सम्पर्कमा नआएपछि खोजी गर्दा गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

तामाङ २४ गते नख्खु कारागारबाट फरार भएर घर आएका थिए। प्रहरीले खोजतलास गरिरहेको भए पनि उनी लुकेर बसिरहेका थिए। जर्बजस्तीकरणी उद्योगमा ३ वर्षे कैद सजाय भुक्तान गरिरहेका तामाङको कैद अवधि एक महिना मात्रै बाँकी थियो।

श्रीमती जमुनासँग केही दिनदेखि झगडा गर्दै आएका सन्तबहादुर हत्यापछि फरार भएको स्थानीयले बताए। मृतकका ११ वर्षीय छोरा र ३ वर्षीया छोरी रहेको वडा सचिव लाल ब लामाले बताए। प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी घलेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.