चन्द्रनिगाहपुरमा यात्रु सहायता कक्ष सञ्चालन

चन्द्रनिगाहपुरमा यात्रु सहायता कक्ष सञ्चालन
सुन्नुहोस्

रौतहट :  रौतहटको चन्द्रनिगाहपुरमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले संयुक्त रूपमा यात्रु सहायता कक्ष सञ्चालन गरेका हुन्।    

आन्दोलनले कार्यालय क्षतिग्रस्त बनेपनि आफ्नो काम, कर्तव्य अनुरूप चाडपर्व लक्षित यात्रु सहायता कक्ष सुरु गरिएको प्रहरीले जनाएको छ। 

दसैँ–तिहार तथा छठ पर्वमा यात्रुहरूका समस्या समाधानका लागि चन्द्रनिगाहपुरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रुपा लाबुङले बताइन्।  

यात्रुलाई सवारीसाधनमा यात्रा गर्दा कुनै समस्या परेका खण्डमा तुरुन्त यात्रु सहायता कक्षमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख तथा प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले चाडपर्वको मौका छोपी कसैले अनधिकृत भाडा असुल गरेको पाइएमा तुरुन्त सम्पर्क गर्न आम नागरिकहरूलाई आग्रह गरेका छन् । त्यसरी भाडा असुल गरेको जानकारी आएमा कारबाही गरिने समेत प्रहरी निरीक्षक अधिकारीले बताए। चाडपर्वमा यात्रा गर्न सहज होस भन्ने मुख्य हेतुले यो यात्रु सहायता कक्ष स्थापना गरेको उनले बताए। हरेक वर्ष चाडपर्वमा चन्द्रनिगाहपुरमा यात्रु सहायता कक्ष स्थापना गरिँदै आएको छ।

यता इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चाडपर्वको अवसरमा हुन सक्ने चोरी, डकैती तथा  लुटपाट जस्ता घटना हुन नदिन बैंक, वित्तीय संस्था तथा सुन चाँदी पसललाई लक्षित गरी विशेष गस्ती टोली परिचालन गर्ने जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.