कास्की कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ
स्याङ्जा : जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राति कास्की कारागारबाट भागेका यमबहादुर रोका स्याङ्जामा पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दाका कैद भुक्तान गरिरहेका स्याङ्जा भीरकोट नगरपालिकाका उनी असोज ६ गते सोमबार आफ्नै घरबाट पक्राउ परेका हुन्।
जिल्ला र वडा प्रहरी कार्यालयको समन्वयमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए।
रोकालाई आवश्यक प्रक्रिया पूरा गरी कानुनी कारवाहीका लागि जिल्ला कारागार, स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !