जेनजी आन्दोलनका क्रममा मृत्यु भएकी महिलाको परिवारलाई सखुवा प्रसौनी गाउँपालिकाले १ लाख दिने
वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकी एक महिलाको परिवारलाई १ लाख रुपैयाँ दिने घोषणा गरेको छ। गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनीमा परी मृत्यु भएकी महिलाको परिवारलाई १ लाख रुपैयाँ दिने घोषणा गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्जस्थित घरमा गरिएको आगजनीमा जलेर गम्भीर घाइते भएकी सखुवा प्रसौनी गाउँपालिका–२ सखुइ जमुनिया गाउँकी ४५ वर्षीया सोशीलादेवी हजाराको उपचारका क्रममा सोमबार मृत्यु भएको थियो।
सखुवा प्रर्सानी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले मृतक महिला हजराको परिवारलाई १ लाख रुपैयाँ दिने निर्णय भएको जानकारी दिए।
अध्यक्ष यादवका अनुसार मृतक हजराका चार छोरी र एक छोरा छन्। उनका पति लालबाबु हजरा वैदेशिक रोजगारीबाट केही दिन अगाडि मात्रै घर फर्किएका थिए।
प्रतिक्रिया दिनुहोस !