अपडेट

पर्सामा गोली प्रकरण : तीनजना पक्राउ, घाइतेको उपचार जारी

पर्सामा गोली प्रकरण : तीनजना पक्राउ, घाइतेको उपचार जारी

वीरगन्ज : पर्साको छिहपरमाई गाउँपालिका- ५ भिस्वामा बिहीबार बेलुकी एक किशोरमाथि गोली प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजना किशोरलाई नियन्त्रणमा लिएको छ । 

भिस्वामा गाउँपालिका कार्यालय पछाडिको सडकमा अपरिचित समूहको गोली प्रहारबाट भिस्वाकै १६ वर्षीय गोलु आलम घाइते भएका थिए । तिघ्रामाथि गोली लागेका उनको हाल वीरगन्जको नारायणी अस्पतालमा उपचार जारी छ । 

गोलु आलमलाई गोली हान्ने घटनामा संलग्न रहेको आशंकामा स्थानीय तीनजना किशोरलाई बिहीबार राति नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । 

गोलसलाई कस्ले र किन गोली हानेको भन्ने यकिन कारण भने अहिलेसम्म पनि खुल्न नसकेको उनले बताए । उनले भने,'गोली लाग्ने र अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएका सबै जना टिन्एजर्स (किशोरावस्था) का छन्  । गाउँमा उनीहरूको चालचलन र आचरण त्यति राम्रो नभएको सुनिएको छ । यसबारेमा हामीले घाइते गोलुसँग पनि बयान लिइरहेका छौं । अनुसन्धानकै क्रममा रहेकाले अहिले गोली हान्ने कारण बारे यकिन गर्न सकिएको छैन ।'

उता अस्पतालमा उपचाररत गोलुले भने बिहीबार साँझ गाउँपालिका कार्यालय पछाडिको सडक हुँदै आफू घरतर्फ जाँदै गरेका बेला केहि संख्यामा रहेका युवकबिच विवाद भइरहेका बेला चलेको गोली आफूलाई लाग्न पुगेको बताएका थिए । 

स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार, झलमहियाका किशारी र युवतीहरू भिस्वा बजारबाट घरतर्फ जाने क्रममा बाटोमा भिस्वाका किशोर र युवाहरूले जिस्क्याउने,छेडखानी गर्ने हर्कत गर्दै आएका थिए। त्यसै विषयलाई लिएर भिस्वा र झलमहियाका स्थानीय केहि व्याक्तिहरूबीच बिहीबार बेलुकी विवाद भइरहेका बेला गोली चलेको स्थानीय प्रत्यक्षदर्शीहरू बताउँछन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.