गौशालामा स्वास्थ्य शिविर
महोत्तरी : महोत्तरीको गौशालामा पहिलो पटक प्रहरी लक्षित स्वास्थ्य शिविरको आयोजना गरिएको छ। शनिवार नगर अस्पताल गौशालाको आयोजनामा इलाका प्रहरी कार्यालयमा सो शिविरको आयोजना गरिएको हो।
शिविरमा प्रहरीको सुगर, तौल, बडी फिटनेश आदिको सम्बन्धमा स्वास्थ्यकर्मीहरुले परीक्षण गरेका थिए। उक्त शिविरमा ५१ जना प्रहरीलाई नसर्ने रोगको सम्बन्धमा परीक्षण गरिएको नगर अस्पताल गौशालाका इन्चार्ज डा. अमरेशकुमार महतोले बताए।
शिविरस्थलमै स्वास्थ्य परीक्षणका लागि उनीहरूबाट रगत, पिसाबको नमुना समेत संकलन गरिएको र सो को रिर्पोट आएपछि विस्तृतमा जानकारी प्राप्त हुने डा महतोले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !