सल्यानमा हायस दुर्घटना : ३ जनाको मृत्यु, २ गम्भीर घाइते
दाङ : राप्ती राजमार्गअन्तर्गत श्रीनगर तुलसीपुर सडक खण्डको कपुरको ३ चोरखोलामा हाइस गाडि दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा रुकुम बाँफिकोट गाउँपालिका-५ का ६७ वर्षीय पब के.सी., २७ वर्षीय प्रकाश के.सी. र ३० वर्षीय शसिधर के.सी.को घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
रूकुमबाट दाङतर्फ जादै गरेको लु २ ख ६५०२ नम्बरको हाइस गाडी सल्यानको कपुरकोट- ३ चोरखोला नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा दुई जना गम्भीर घाइते भएको सल्यान प्रहरीले जनाएको छ।
हाइस सडकबाट करिब ३/४ सय मिटर तल खसेको र ३ जनाको ज्यान गएको सल्यान प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत हुन सकेको छैन भने घाइतेहरूको उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पतालमा पुर्याइएको छ।
प्रतिक्रिया दिनुहोस !