गुण्डुमा एमाले सचिवालय बैठक सुरू
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरू भएको हो।
बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने बताइएको छ। बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !