प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए।
त्यस्तै प्रधानमन्त्री कार्कीको जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिना नियुक्त भएका छन्।
प्रतिक्रिया दिनुहोस !