एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
असोज १२, २०८२ आइतबार २०:२१:३३
काठमाडौं : नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। आइतबार भक्तपुरको गुण्डुमा भएको एमालेको सचिवालय बैठकले असोज २७-२९ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो।
त्यस्तै केन्द्रीय कमिटी बैठकअघि असोज १९ र २० गते सचिवालय बैठक बस्ने एमालेले जनाएको छ। बैठक काठमाडौंमा बस्नेछ।