नेताहरूले नेतृत्व युवाहरूलाई दिनुपर्छ : घनश्याम भुसाल

नेताहरूले नेतृत्व युवाहरूलाई दिनुपर्छ : घनश्याम भुसाल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलताबाट जोगाउनका लागि राजनीतिक दलको नेतृत्व युवाहरूलाई दिनुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा भुसालले मुलुक अहिलेको अवस्थामा पुग्नुका कारण मरणोपरान्त सत्ताभोगका लागि राजनीतिक दललाई कब्जा गरेर बसेका मुख्य नेताहरू नै रहेको भन्दै मुलुकलाई असफलताबाट जोगाउनका लागि नेतृत्व युवाहरूलाई दिनुपर्ने बताए।

अहिले पनि मुख्य राजनीतिक पार्टीहरूमा संस्थागत सुधारको परिणामुखी पहलकदमी नदेखिएको उनले बताए। उनले कुनै पनि बहानामा मुख्य नेताहरूले अहिलेको परिस्थितिलाई नजरअन्दाज गर्न खोजे मुलुकलाई अर्को चक्रबाट बचाउन नसकिने जिकिर गरे।

अब पनि दलहरू गम्भीर हुन नसके उनीहरूविरुद्ध युवाहरूको विरोध बढ्दै जाने र अराजनीतिक-अपराधिक समूह तथा प्रतिगामीले खेल्ने ठाउँ पाउने उनको भनाइ छ। उनले तत्काल त्रासदीपूर्ण सम्भावनालाई रोक्न वामपन्थी आन्दोलनका सबै इमान्दार राजनीतिकर्मीहरूले तत्कालै सक्रियता लिनुपर्ने बताए। नेता भुसालले मुलुकलाई नयाँ बिन्दुमा लैजाने अहिले महत्त्वपूर्ण अवसर भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.