शरीरभित्र गोली लिएर बाँचिरहेका केशव (फोटो कथा)

शरीरभित्र गोली लिएर बाँचिरहेका केशव (फोटो कथा)
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : बाजुराका १७ वर्षीय केशव विश्वकर्मा कंलकी बस्छन्। गत भदौ २३ को जेनजी आन्दोलनमा उनी सक्रियरूपमा उपस्थित भए। देशमा रहेको चर भ्रष्टाचार निर्मुल पार्नुपर्छ भनेर उनी आन्दोलनमा सरिक भएका थिए। त्यो दिन सकुशल घर पुगेका केशव दोस्रो दिन भने प्रहरीको गोली खाएर ढल्नुपर्‍यो।

पहिलो दिन, केशवले नयाँ बानेश्वरस्थित संघीय संसद् अगाडि आन्दोलनमा सहभागिता जनाएर घर फर्किएका थिए। जेनजी युामाथि प्रहरीले गरेको दमन देखेर उनलाई असहैय भयो। तयो दिन १७ जना युवाको ज्यान गएको थियो। राज्यले गरेको दमन सहन नसकेर उनी दोस्रो दिन पनि सडकमा उत्रिए। उनी डेरा नजिकैको कलंकीमा प्रदर्शनमा सहभागी बने। त्यही बेला प्रहरीले गोली चलाउँदा उनी घाइते बने। 

'मैले एक्लै गएर भ्रष्टाचार अन्त्यका लागि समर्थन जनाएँ। युवाहरू नाराबाजी गर्दै, ढुंगा हान्दै, टायर बाल्दै थिए। सुरक्षा बलले टियर ग्यास र रबरको गोली चलाइरहेका थिए। भीडबाट भाग्ने क्रममा म गोलीको निसाना बनेछु,' केशवले त्यो दिन सम्झिए।

घाइते भएपछि उनी बेहोस भएका थिए। प्रदर्शनकारीहरूले उनलाई स्थानीय अस्पताल पुर्‍याएका थिए। पछि उनलाई शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइयो, जहाँ शल्यक्रिया भए पनि स्नायु च्यातिनु र अत्यधिक रक्तस्रावका कारण उनको तिघ्रामा अड्किएको गोली निकाल्न सकिएन।

null

'मेरो बुबा, जो बाजुरामा बस्नुहुन्छ, दुर्घटनाको अघिल्लो दिनमात्रै स्वास्थ्य परीक्षणका लागि काठमाडौं आउनुभएको थियो। जब अस्पतालमा मलाई सो अवस्थामा देख्नुभयो, उहाँ आँसु थाम्न सक्नुभएन,' केशवले भने।

'गोली अझै मेरो तिघ्राभित्रै छ। १५ टाँका लगाइएको छ। दुखाइ अझै छ तर औषधिले बिस्तारै निको पार्दैछ,' उनले थपे। चिकित्सकहरूले दोस्रो शल्यक्रियाको मिति तोक्नुअघि नियमित स्वास्थ्य परीक्षण गर्न सिफारिस गरेका छन्।

सरकारले उनको उपचार खर्च तिर्दिए पनि अस्पतालमा रहँदा खाना र हेरचाहजस्ता अन्य खर्च परिवारले व्यहोर्नुपरेको केशव बताउँछन्। 'अहिले डिस्चार्ज भएँ तर अब के गर्ने भन्ने अझै थाहा छैन,' उनले भने। कठिनाइबीच पनि उनलाई आम नागरिक र सामाजिक अभियन्ता आशिका तामाङबाट सहयोग र समर्थन मिलेको छ। 

null

घाइते भएपछि उनका पारिवारिक धार्मिक परम्परामा पनि असर परेको छ। 'यसपालिको लामो चाडपर्व सुनसान भएको छ। हामी गाउँ जान्थ्यौं तर मेरो घाउका कारण यसपाली यतै बस्नुपर्‍यो,' उनले दुखेसो सुनाए।

हिंसाको स्मरण गर्दै केशवले आफ्नो आँखै अगाडि दुई जनाको मृत्यु भएको देखेको बताए। 'स्थिति अत्यन्तै भयावह थियो। अब छिट्टै सबथोक सामान्य होस्,' उनले भने। 

nullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.