कारको ठक्करबाट महिलाको मृत्यु

कारको ठक्करबाट महिलाको मृत्यु
सुन्नुहोस्

सिमरा: बाराको जितपुरसिमरा उपमहानगरपालिका ३ बजनीमा मंगलबार कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा ७ की ६५ वर्षीय प्यारी साह रहेकी छिन्।

साहलाई बा.प्र.०१-०२५च ६०७४ नम्बरको कारले बजनीस्थित मालपोत चोकमा ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते र अचेत भएकी महिलाको वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो।

प्रहरीले कार चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमानेका २९ वर्षीय नबि आलमलाई नियन्त्रणमा लिएको छ। महिलालाई ठक्कर दिएर फरार भएको कारलाई खोजी गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.