इजरायलको आक्रमणबाट गाजामा १५ जनाको मृत्यु

इजरायलको आक्रमणबाट गाजामा १५ जनाको मृत्यु
सुन्नुहोस्

काठमाडौं : इजरायलले गाजामा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी (वफा)ले १५ जना मृतकमध्ये ११ जनाको मृत्यु गाजा सहरमै भएको उल्लेख गरेको छ। 

त्यस्तै दक्षिणी गाजाको अल-मवासी, खान युनूसमा इजरायलले एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ। 

इजरायली सेनाले अल-मग्राबी स्ट्रिटमा नागरिकहरूको समूह र सहरको पश्चिमको अन्सार क्षेत्रमा आक्रमण गर्दा दक्षिणी गाजा सहरको अल-सब्रामा थप हताहत भएको रिपोर्ट गरिएको छ।  

उद्धार टोलीले गाजा सहरको दक्षिणपूर्वमा रहेको अल-जायतुनमा रहेको अल-फलाह स्कूलको भग्नावशेष मुनिबाट दुई प्यालेस्टिनीको शव बरामद गरेको जनाएको छ। जहाँ पाँच दिन अघि उद्धार टोलीहरूलाई लक्षित इजरायली सेनाले प्रहार गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.