प्रधानमन्त्रीको सम्बोधन- तपाईं एक्लो हुनुहुन्न, आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस्

प्रधानमन्त्रीको सम्बोधन- तपाईं एक्लो हुनुहुन्न, आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस्
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले विपद्को समयमा राज्यका सम्पूर्ण स्रोतहरू नागरिकहरूसँग रहेको बताएकी छन्। देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अविरल वर्षाले उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेकी छन्। 

उनले सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा रहेको बताएकी हुन्। 'यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरू आपतकालीन सेवाहरू नागरिकहरूलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरू सुरक्षित गर्न चौबीसै घण्टा तयार अवस्थामा छन्,' उनले भनिन्।

उनले उपलब्ध स्रोतहरू परिचालन गरेको र राष्ट्रिय र स्थानीय निकायहरुसँग मिलेर काम गरिरहेको पनि बताइन्। 'तपाईं डुबानमा पर्न सक्ने क्षेत्र वा पहिरो जोखिमयुक्त भूभागमा हुनुहुन्छ भने ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउनुहोस्। कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र गर्नुहोस्। प्रहरी र अन्य विपद व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरूलाई ध्यान दिनुहोस्। तपाईंहरूको सुरक्षा नै हाम्रो सरोपरी चिन्ता हो। आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस्। सम्भाव्य विपदको जोखिमको आकलन गर्दै सरकारले मिति २०८२ असोज १९ र २० गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। हामी तपाईँहरूको चिन्ता र कठिनाइलाई बुझ्छौं। म प्रष्ट पार्न चाहन्छु तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोतहरू आज तपाईंहरूसँग छन्,' उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.