बागमती खतराको तहमा, बकैयाले फुटायो बाँध
रौतहट : रौतहट र सर्लाहीको सिमा भएर बग्ने बागमदी नदीको जल सतह बढेर खतराको तहमा पुगेको छ । पधेरो दोभानस्थित जल सतह मापन केन्द्रका अनुसार मध्यरातसम्म साँढे ८ मिटर रहेकामा आइतबार बिहान केही घटेर अहिले ७ मिटरमा जल सतह पुगेको छ ।
उक्त केन्द्रमा ६ मिटरभन्दा माथि जलसतह भएपछि उच्च खतरा रहेको मानिन्छ । पानी बढ्दै गएपछि शनिबार दिउँसो बागमती सिंचाई ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको थियो । बागमतीमा जलसतह बढेपछि रौतहट र सर्लाहीका दक्षिणी भेग जलमग्न भएका छ्न ।
स्थानीय प्रशासनले जोखिम कायमनै रहेकाले सतर्क रहन आग्रह गरेको छ । उता, पश्चिमी भेगमा लालबकैया नदीले बाँध भत्काएको छ । पिपरिया, कुपवा, राजपुरदेखि गौरसम्म पानीले क्षति पुर्याउन सक्ने खतरा सिर्जना भएको स्थानीय कुन्दन कुश्वाहाले बताए ।
प्रतिक्रिया दिनुहोस !