दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना गम्भीर घाइते
दार्चुला : दार्चुलामा आइतबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। ६ जना गम्भीर घाइते भएका छन्।
महाकाली नगरपालिका–९ सकारबाट वडा नम्बर ६ निसिलतर्फ आउँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप दिउँसो करिब ४ बजेतिर निसिलस्थित गजुराडी भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। दुर्घटनामा परी ३० वर्षीय नरेशबहादुर पालको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार उपचार सम्भव नभएपछि घाइते ६ जनालाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो। दुर्घटनामा २४ वर्षीय लोकेन्द्रसिंह धामी, २८ वर्षीय पंकज पाल, २८ वर्षीय जयबहादुर पाल,
प्रहरीका अनुसार जिपमा जम्मा ११ जना सवार थिए। जिप सडकबाट करिब डेढ सय मिटर तल खोलामा खसेको बताइएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !