पुरै गाउँ नै ‘शाकाहारी’

पुरै गाउँ नै ‘शाकाहारी’
सुन्नुहोस्

दाङ : दशैंमा मासु नखाने घर कमै होलान। सम्पन्नदेखि विपन्नसम्मका घर घरमा मांसहारी परिकार हुनु दशैंमा स्वाभाविक मानिन्छ। अरू समयमा मासु नखानेहरूले पनि दशैंलाई मासु पर्वकै रूपमा मनाउने गरेका छन्। 

तर दाङको एउटा यस्तो नमुना गाउँ छ जहाँ कहिले पनि मासुका परिकार पाक्दैन नत गाउँमा पशु हत्या नै गरिन्छ। पाक्छ त केवल शाकाहारी गोरसका परिवार मात्रै। भनौं गाउँ नै पुरै ‘शाकाहारी’ छ। 

दाङको राजपुर गाउँपालिका-३ मा रहेको प्रतापपुर गाउँ पुरै शाकाहारी गाउँका रूपमा रहेको छ। हुलाकी राजमार्गको छेउमै रहेको प्रतापपुर गाउँमा झण्डै ७० घरपरिवार बस्ने गरेका छन्। उनीहरू सबैको पेसा कृषि र पशुपालन हो।

४ सयभन्दा बढी जनसंख्या रहेको प्रतापपुरमा अधिकांश यादव समुदायका मानिसहरू बसोबास गर्छन्। पशुपक्षीको बध गर्नु पाप हो विश्वास राख्ने प्रतापपुरमा स्थानीयहरू भने पूर्ण रूपमा धार्मिक छन्। धर्ममा पुरै विश्वास राख्ने गर्छन्। 

दैनिक भक्तिभाव ,पूजाआजा, पूजापाठ र सात्त्विक भोजन गर्ने यादव समुदायमा परापूर्वकालदेखि कै रीति हो। पुस्ताले सिकाएको रीतिलाई अहिलेसम्म पनि जोगाएर राखेको स्थानीय भगवान यादवको भनाइ छ। 

पुर्खाको रीति अहिले युवा वर्गले समेत अनुसरण गरिरहेको छ। प्रतापपुर गाउँ निवासी द्वारिका प्रसाद यादवले स्थानीयले माछा मासु नखाने मात्र हैन माछा मासुका रूपमा प्रयोग गरिने बाख्रा, कुखुरा, हाँस लगायतका कुनै पनि पशुपक्षी समेत नपाल्ने गरेको बताए। माछा मासुको सट्टामा प्रतापपुरवासीहरूले दही, दूध, घ्यू, मिठाइ खाने गरेको उनले बताए। 

उनीहरूले दूध, दही लगायतको लागि भने भैंसी पाल्ने गरेका छन्। भैंसीपालन उनीहरूको पेसा व्यवसाय बनेको छ। सयौंको संख्यामा गाउँमा व्यावसायिक भैंसीपालन भइरहेको स्थानीय अगुवा दुःख हरण यादवले बताए। पशुपक्षी हत्या गर्नु पाप भएको भन्दै यादवले भने,‘हामी सात्विक भोजनमा विश्वास गर्छौं, जीवहत्या मानव धर्मको विपरीत हो भन्ने सोचको विकास सबै गाउँलेमा रहेको छ स्थानीय विनीता यादवले भनिन, त्यही अनुसार सात्विक जीवनशैलीमा गाउँले रहेका छम। मांसाहारी हुनुभन्दा बरु गेडागुडी, फलफूल, गोरस, दही दूध, घ्यू खाने गरेका छन्। गाउँमा माछा मासु मात्रै हैन मदिरा समेत निषेध छ। 

माछा मासु मात्रै हैन मदिरा समेत सेवन तथा बिक्री वितरण बन्द छ भने प्रयोजन नै निषेध नै गरिएको छ। उनले  भनिन, ‘गाउँमा माछा मासु खान मात्र होइन, मदिराजन्य पदार्थ बिक्री वितरण र खानपिन गर्न पाइँदैन। यो गाउँको नियम हो। नयाँ पुस्ताले समेत यो नियम पालना गर्दै आएका छन्।’ 

धार्मिक विश्वासकै कारण कुनै पनि जीवजन्तुको हत्या गर्नुलाई पाप ठान्ने गरेको उनको भनाइ छ। यादवका अनुसार स्थानीयले दशैं, तिहार लगायतका चाडपर्वमा मात्रै हैन गाउँमा हुने विवाह, लगायतका भोज भतेर समेत शाकाहारी हुन्छ। मासुजन्य पदार्थ प्रयोग हुँदैन। दही दूधबाट बलेका परिकार फलफूल प्रयोग गरिन्छ। 

मान्यता र धार्मिक आस्थाका कारण बिरामी पर्दा चिकित्सकले दिने सल्लाह अनुसार शरीरमा पौष्टिक तत्व बढाउनका लागि माछा मासु खाना सुझाउँदा समेत आफूहरूले माछामासु नखाने गरेको स्थानीय डिल्ली यादवले बताए। मांश भन्दा फलफूल, गोरस दही दूध लगायत खाने गरेको स्थानीयले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.