कौडेनाको शिवनगर टोल टापुमा परिणत

कौडेनाको शिवनगर टोल टापुमा परिणत
सुन्नुहोस्

मलंगवा : लखनदेही खोलाको पानी चारैतिरबाट गाउँमा पसेपछि कौडेना गाउँपालिका–७ शिवनगर गाउँ टापुमा परिणत भएको छ। दुई दिनदेखि परेको अविरल वर्षाका कारण लखनदेही खोलामा आएको बाढीको भेल गाउँमा पसेपछि स्थानीयवासीको बिच्चली भएको छ। बाढीका कारण अरू गाउँसँगको सम्पर्क पनि टुटेको स्थानीयले बताएका छन्। गाउँमा बाहिरबाट आउने र जाने अवस्थासमेत नरहेको स्थानीयवासीको कथन रहेको छ। विद्युत् आपूर्ति नहुँदा सञ्चार सम्पर्कसमेत अवरुद्ध बनेको छ। सडक सञ्जालहरूसमेत बाढीले बगाएको छ।

अहिले गाउँबाट बाहिर जाने र बाहिरबाट गाउँमा आउने अवस्था नरहेको रजी अहमदले बताए। गाउँमा करिब ३ सयभन्दा बढी घरधुरी छन्। बीचको २०÷२५ घरबाहेक सबै घर डुबानमा परेको छ। स्थानीयवासीहरू विद्यालय र मदरसामा शरण लिन बाध्य बनेका छन्। खान लगाउनसमेत समस्या भएको अहमदले बताए। घरमा रहेको अन्न र लत्ता कपडासमेत भिजेर नष्ट बनेको छ। खान लागउन अहिले समस्या भएको छ। 

राहतको पर्खाइमा गाउँलेहरू बसेका छन्। तर, गाउँमा आउने र जानेबाटो जलमग्न बनेपछि कोही आउन सकेको छैन। सुक्खा खाना खाएर स्थानीयबासीहरू दिन गुजारि रहेको छ। बाढी शनिबारराति ८÷९ बजेतिर आएको थियो। मानिसहरू सर्तक अवस्थामा रहेकाले क्षति कम भएको अहमदले बताए। मध्य रातिमा आएको भए क्षति धेरै हुन सकथ्यो। बाढीले गर्दा धानबाली समेत नष्ट भएको छ। घरमा रहेको समान पनि भिजेर नष्ट भयो। अब कसरी गुजारा गर्ने भन्ने चिन्ताले सताउन थालेको छ। 

सर्लाहीका १६ सय घर बाढीको डुबानमा 
दुई दिनदेखि परेको अबिरल वर्षाका कारण सर्लाहीको विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण एक हजार ६ सय भन्दा बढी घरहरू डुबानमा परेको छ।

बागमती र लखनदेही खोलामा आएको बाढीले एक हजार ६ सय १९ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बागमती नदीमा आएको बाढीले गर्दा बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घरधुरी, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का १ सय ५० घरमा पानी पसेको प्रहरीले जनाएको छ। 

मलंगवा नगरपालिका ५ भाडसरमा लखनदेही खोलाको पानी बस्तीमा पस्दा २ सय घरमा क्षति पु¥याएको छ। कौडेना गाउँपालिका ७ शिवनगरका ३ सय ५० देखि ४ सय घरमा पानी पसेको प्रहरीले जनाएको छ। चक्रघट्टा गाउँपालिका ५ पडरियामा पनि लखनदेही खोलाको पानी गाउँमा पस्दा २० ओटा माटोको कच्ची घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ। हरिवन नगरपालिका चिनीमिल क्षेत्रमा पनि बस्तीको पानीको उचित निकास नहँुदा ४० घरमा पानी पसेको प्रहरीले जनाएको छ।

बरहथवा नगरपालिका ७ डोमटोलमा सोती खोलाको पानी पस्दा करिब १५ घर डुबानमा परेको छ। कौडेना ३ र ५ मा पनि लखनदेही खोलाको पानी पस्दा ४० घर डुबानमा परेको छ। कविलासी नगरपालिका ८ अगर्वामा झिम खोलाको पानी पस्दा १४ घर डुबानमा परेको छ। 

हुलाकी सडक बाढीले बगायो

कौडेना गाउँपालिका–३ स्थित लखनदेही खोलामा आएको बाढीले हुलाकी सडक बगाउँदा जिल्लाको पश्चिम क्षेत्र र सदरमुकाम मलंगवासँगको सम्बन्धविच्छेद भएको छ। बाढीलेबाटो बगाउँदा आवागमन अवरुद्ध बनेको छ। बाटो नै बाढीले बगाएपछि जिल्लाको पश्चिमी क्षेत्रमा रहेका स्थानीयहरू गोडैता र बलरा नगरपालिका, विष्णु, रामनगर, धनकौल र बसबरिया गाउँपालिकासँगको सम्बन्धविच्छेद भएको छ। बाढीले ठाउँठाउँमा विद्युत्का पोलहरू बगाउँदा विद्युत् सेवासमेत अवरुद्ध भएको छ। 

झिम खोलामा आएको बाढीले भारत जाने जिल्ला मुख्य नाकासमेत जलमग्न बनेको छ। बाढीको पानी सीमा क्षेत्रमा आउँदा भारतबाट नेपाल आउने र नेपालबाट भारततर्फ जाने सवारीसाधनहरू सीमा क्षेत्रमा रोकिएका छन्। अहिले पानी पर्न रोकिएको छ। नदीहरूमा पानी सतह बिस्तारै कम हुँदै गएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिएका छन्। बाढीले कृषि जन्य र मत्स्यपालनमा बढी क्षति भएको छ। सुरक्षा संयन्त्र मजबुतीका साथ काम गरेको कुनै पनि मानवीय क्षति नभएको प्रजिअ   श्रेष्ठले बताए। हुलाकी सडक करिब १ मिटर जतिमा बाढीले क्षति पुर्याएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.