एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरीका सहायक हवल्दारको मृत्यु

एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरीका सहायक हवल्दारको मृत्यु
सुन्नुहोस्

झापा : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बूको मृत्यु भएको हो।

आइतबार साँझ साढे ६ बजे बेलबारी –११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च १९७८ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको सहायक हवल्दार लिम्बूले चलाएको प्रदेश १–०२– ०४७ प ६९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइते लिम्बूलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । 

ठक्कर दिने एम्बुलेन्स चालक दमक नगरपालिका ९ का ४१ वर्षीय विष्णु प्रसाईँ प्रहरी चौकी डाँगीहाटले नियन्त्रणमा लिएको छ । त्यस्तै झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी सर्लाही बलरा ६ घर भई बीओपी सतिघट्टामा कार्यरत ३६ वर्षीय सशस्त्र प्रहरी हवल्दार अकबर मियाँ घाइते भएका छन् । 

आइतबार दिउँसो साढे ४ बजे मेचीनगर–७ सतिघट्टा पिपलबोटस्थित भित्री सडक खण्डमा सतिघट्टाबाट काँकडभिट्टातर्फ जाँदै गरेको एएए ६१२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ ज ३६८० नम्बरको म्याजिक भ्यान एकापसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । घाइते सशस्त्र प्रहरी हवल्दार मियाँको टाउकोमा चोट लागेको छ । उनको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.