खोला किनारमा महिलाको शव फेला
मलंगवा : सर्लाहीको पर्सा गाउँपालिका-१ स्थित हर्दी खोला किनारमा महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार करिब ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। नाम, थर र वतन नखुलेकी महिलाको शव खोला किनारमा फेला परेको हो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !