सडकको खाल्डो तर्न १० देखि १०० रुपैयाँ शुल्क

सडकको खाल्डो तर्न १० देखि १०० रुपैयाँ शुल्क
सुन्नुहोस्

मलंगवा : लखनदेही खोलामा आएको बाढीले आइतबार सर्लाहीको कौडेना गाउँपालिका–३ स्थित हुलाकी सडक भत्काएपछि यात्रुहरूले सास्ती भोग्नु परेको छ।

मलंगवाबाट पश्चिम क्षेत्रमा जाने र पश्चिमबाट मलंगवा आउने यात्रु सडक भत्केर खाल्डो बनाएपछि समस्यामा परेका छन्। बाढीले डेढ सय मिटर लामो र १० फिट गहिरो खाल्डो बनाएको छ। खाल्डोमा पानी जमेपछि यात्रुलाई अहिले पैसा तिरेर सडक वारपार गर्नु परेको छ।

पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्ने यात्रुले १० देखि सय रुपैयाँसम्म शुल्क तिर्नु परेको छ। कौडेना १ फुलपरासीका युवाले बाँस, काठ र डोरीको मद्दतले अस्थायी लच्का बनाएर यात्रुलाई खाल्डो वारपार गराउने गरेका छन्। पैदल यात्रुसँग १०, साइकल यात्रुसँग २० र मोटरसाइकलमा यात्रा गर्ने यात्रुसँग सय रुपैयाँ लिने गरेका छन्।

बाढीले सडक बगाएपछि यात्रा गर्न निकै नै कठिनाइ भएको बलरा नगरपालिका–८ गडहियाका रंजित साहले बताए। ‘मोटरसाइकलबाट मलंगवा आएको थिएँ। आउँदा सय रुपैयाँ लिएपछि मात्र खाल्डो तर्न पाएँ’, उनले गुनासो  गरे। सडक नबनेसम्म यात्रुहरूलाई आवतजावत गर्न निकै नै कठिनाइ हुने साहले बताए। पैसा हुनेले तिरेर वारपार गर्न सक्छन्। तर नहुनेले कसरी आवतजावत गर्छन् होला भन्दै उनले दुखेसो पोखे।  

सडकको मर्मत सम्भार नभएसम्म दिनहुँ पैसा तिरेर कार्यालय जानुपर्ने बाध्यता रहेको गोडैता नगरपालिकाका एक कर्मचारीले बताए। ‘कार्यालय जानुनै पर्छ। कति पैसा तिर्नु ?’ उनले भने। सडकको मर्मतका लागि सडक विभागसँग कुराकानी भएको गाउँपालिका अध्यक्ष रुपेश कुमारले बताए। ‘हुलाकी सडकअन्तर्गत पर्ने भएकाले हामीले सडक विभागलाई काम गर्न भनेका छौं। यदि विभागले हामीलाई काम गर्नु भन्यो भने तुरन्त पालिकाले सडक मर्मतको काम गर्नेछ’, गाउँपालिका अध्यक्ष कुमारले भने,  ‘हामी विभागको निर्णयको पर्खाइमा छौं।’

सडकको अनुगमन गर्न पुगेका त्यस क्षेत्रका पूर्वमन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले सडक विभागसँग कुरा भएको बताए। ‘तत्काल इँटा भाट्टाबाट इँटाका टुक्राहरू ल्याएर काम गर्नु भनेका छौं। अहिलेलाई तत्काल जसरी पनि सडक सुचारु गर्नुपर्ने अवस्था छ। पछि गएर कच्वे वा पुल बनाएर पानीको निकास गर्नुपर्ने हुन्छ’, उनले भने। बर्सेनि यस क्षेत्रमा लखनदेहीको बाढीले समस्या सृजना गर्ने गरेको यादवले बताए। सडक होचो छ। यसको उचाइ पनि बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। 

प्रदेशसभा सदस्य कौशल किशोर यादवले सडक विभागको बाटो नहेरी पालिकाले तत्काल सडक बनाउनुपर्ने बताए।  ‘विभाग कहिले आउँछ ठेगान छैन। सर्वसधारणलाई सास्ती भोग्नु परेको छ। त्यसैले पालिकाले काम सुरु गर्नुपर्छ’, यादवले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.