विश्वकप छनोटमा नेपालको परीक्षा

विश्वकप छनोटमा नेपालको परीक्षा
सुन्नुहोस्

काठमाडौं : नेपाली क्रिकेट टोलीले बुधबारदेखि टी-२० विश्वकप छनोट खेल्दैछ। ओमानमा आयोजना हुने एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले पहिलो खेल कुवेतसँग खेल्दैछ। 

पछिल्लो महिनादेखि नेपाली पुरुष क्रिकेट टिम निकै व्यस्त छ। युएईमा भएको वेष्ट इन्डिजसँगको ऐतिहासिक सिरिज जितेपछि बलियो मानसिकताका साथ नेपाली टिम ओमान पुगेको हो। नेपालले वेष्टइन्डिजसँगको ३ खेल सम्मिलित सिरिजमा २-१ को जितसहित सिरिज जित्यो। पहिलोपटक टेष्ट राष्ट्रसँगको डेब्यु सिरिजमा नेपालको जित रह्यो।

विश्वकपका लागि नेपाली टिमले भारतमा विशेष प्रशिक्षण र अष्ट्रेलियामा टप एण्ड टी-२० सिरिज पनि खेलेको थियो। ‘वेष्टइन्डिज सिरिजले हामीलाई राम्रो अनुभव दिएको छ। हामी सिरिज जितको कारण विकेन्द्रित हुँदैनौं। हामी सबैलाई लक्ष्य थाहा छ। मुख्य प्रतियोगिता अब सुरु हुँदैछ। हामी त्यसको लागि तयार छौं,’ कप्तान रोहित पौडेलले भनेका छन्।

नेपालले ओमानमा दुई अभ्यास खेल पनि खेल्यो। पहिलो अभ्यास खेलमा घरेलु टिम ओमानलाई ६ विकेटले हराउँदा नेपालले कतारलाई १६ रनले पराजित गरेको थियो।

विश्वकप छनोटको यात्रा र चुनौती
नेपालले ओमानमा हुने पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटबाट शीर्ष ३ मा स्थान बनाउन सके अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ। सन् २०२६ मा हुने टी-२० विश्वकपमा २० टोलीले सहभागिता जनाउने छन्। जसमा पूर्वी एसिया प्यासिफिक क्षेत्रबाट ३ राष्ट्रका लागि कोटा छुट्याइएको छ।

नेपालका लागि यो छनोट केही सहज र केही चुनौतीले भरिपूर्ण हुनेछ। नेपालको लागि समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। समूह ‘बी’ मा रहेको नेपालले समूह चरणमा केही सहज प्रतिस्पर्धी पाएको छ। जसमा नेपालले सकरात्मक नतिजा निकाल्दै समूह विजेताको रूपमा सुपर सिक्समा सथान बनाउन सक्नेछ। नेपालले समूह चरणको कम्तीमा १ खेल जितेमा सुपर सिक्समा स्थान बनाउनेछ। ६ टोलीबीच राउन्ड रोविन लिग प्रतिस्पर्धा भएपछि शीर्ष ३ मा रहने टोलीले विश्वकप प्रवेश पाउनेछन्। ओमानमा हुने यस छनोटमा कूल ९ राष्ट्र सहभागी छन्। जसमा ६ राष्ट्रहरू यूएई, जापान, कुवेत, मलेसिया, समोआ र कतार छनोट चरण पार गरेर आएका हुन्। 

नेपालको विश्वकप इतिहास
सन् १९९६ सेप्टेम्बर ६ मा मलेसियामा भएको बंगलादेशविरुद्धको खेल खेल्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको थियो। लेट नाइन्टिजमा सुरु भएको नेपाली क्रिकेटले हालसम्म हालसम्म २ पटकमात्रै टी-२० विश्वकपमा आफ्नो स्थान बनाएको छ। सन् २०१४ मा पहिलो पटक नेपालले विश्वकप खेलेको थियो। पारस खड्काको नेतृत्वमा पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो। सन् २०२४ मा पारसको लिगेसी रोहित पौडेलले सम्हाले। उनले २०२४ को टी-२० विश्वकपमा सबैभन्दा कान्छो कप्तानको रुपमा विश्वकपमा टिमको नेतृत्व गरे। अब नेपालसँग तेस्रो पटक विश्वकपमा स्थान बनाउने राम्रो मौका छ। तर, सहज भने हुनेछैन।

नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ शेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी
वैकल्पिक खेलाडीः साहब आलम


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.