नुवाकोटमा ४ करोड रुपैयाँ बढीको खसीबोका कारोबार

नुवाकोटमा ४ करोड रुपैयाँ बढीको खसीबोका कारोबार
सुन्नुहोस्

नुवाकोट : नेपालीको मुख्य पर्व बडादशैंमा नुवाकोटमा ४ करोड रुपैयाँ बराबरको खसीबोकाको कारोबार भएको छ। नुवाकोटबाट यस वर्षको बडादशैंका काठमाडौं लगायत अन्य स्थानमा ३ करोड १५ लाख रुपैयाँ बराबरको खसीबोका बाहिरी जिल्ला निर्यात भयो।

नुवाकोटमा बडादशैंमा ४ करोड १५ लाख रुपैयाँ बराबरको खसीबोका लगायत मासु र माछाजन्य सामग्रीको खपत भएको र बडादशैंमा मात्र ३ करोड १५ लाख रुपैयाँ बराबरको खसीबोका आसपासका जिल्लामा निर्यात भएको पशुसेवा कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका प्रमुख डा.निशान्त शर्मा गेलालका अनुसार बडादशैंका लागि नुवाकोटबाट १ हजार ५ सय गोटा अर्थात् ३ करोड १५ लाख रुपैयाँ बराबरको खसीबोका बाहिरी जिल्ला निर्यात भएको छ।

नुवाकोटबाट काठमाडौं उपत्यकाका साथै धादिङ र चितवनसम्म पहाडे खसीबोका पुगेका छन्। छिमेकी चीनको केरुङबाट भेडाच्यांग्रा आउन छाडेपछि खसीबोका खरिद गर्नेहरू बढेको कार्यालयका प्रमुख डा.शर्मा गेलालले बताए।

प्रमुख डा. शर्मा गेलालका अनुसार नुवाकोटका खसीबोका स्वस्थ्यकर हुने जनाउँदै खरिदकर्ताहरू बढेका हुन्। उनका अनुसार नुवाकोटभित्रै बडादशैंका लागि ४ करोड १५ लाख रुपैयाँ बराबरको खसीबोका खपत भएको छ।

डा. शर्मा गेलालले नुवाकोटको बजारहरूमा ३० किलोग्राम सम्मको जिउँदो खसीबोका प्रतिकिलोग्राम ५ सय ५० देखि ५ सय ८० रुपैयाँ तथा ३० किलोभन्दा माथिको जिउँदो खसीबोका ६ सयदेखि ६ सय २० रुपैयाँ प्रतिकिलोको दरमा बिक्रीवितरण भइरहेको बताए। नुवाकोटमै पर्याप्त मात्रामा खसीबोका रहेका कारण यस दशैंमा अन्य जिल्लाबाट आयात गर्नु नपरेको उनको भनाइ छ।

यसबाहेक राँगो, कुखुरा, माछासमेत गरी अरू १ करोड ५ लाख रुपैयाँ बराबरको मासु र माछाजन्य वस्तु खपत भएका छन्। एउटै कृषकले एकैपटक यस वर्षको बडादशैंमा १० वटासम्म खसीबोका बिक्री गरेका छन्।

पहाडी संरचना रहेको नुवाकोटमा कृषकहरू व्यावसायिक बाख्रापालनमा लागेका छन्। व्यावसायिक रूपमा १ सय ७५ वटा बाख्रापालन फर्महरूले बाख्रा, खसीबोका पालन गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.