विद्युत्, खानेपानी र सञ्चारको समेत अभाव

जूनकै भरमा रात बिताउँदै बाढीपीडित

जूनकै भरमा रात बिताउँदै बाढीपीडित
सुन्नुहोस्

महोत्तरी : बाढीपीडित क्षेत्रमा विद्युत् सुचारु हुन नसक्दा जूनकै भरमा रात बिताउन बाध्य भएका छन्। बाढीपीडित क्षेत्रमा विषालु सर्प, कीरा फट्यांग्रा, जंगली वन्यजन्तुको त्रासमा रात्रि जीवन बिताउँदै छन्। धन्न यहाँको अकाश सफा भएको र अचेल जुनेली रात भएका कारण जसोतसो रात बिताउन अलि सुलभ भएको छ। 

लगातार ३ दिनसम्म परेको अविरल वर्षाकोे कारण जलमग्न भएको महोत्तरीको अवस्था अझ समान्य हुन सकेको छैन। जिल्ला सदरमुकाम जलेश्वरलगायत भंगहा, औरही, मटिहानीलगायत बाढीग्रसित क्षेत्रमा अझ पनि पानीको स्तर घटेको छैन। उक्त क्षेत्रका बाढीपीडितको अवस्था अझ सामान्य अवस्थामा फर्कन सकेको छैन। बस्तीमा विद्युत् सुचारु हुन सकेको छैन। बिजुली बत्तीको अभावमा उक्त बस्तीमा खानेपानीको साथै सञ्चारको समेत अभाव खट्किएको छ।

सदरमुकाम जलेश्वर गत ३ दिनदेखि अन्धकारमय बनेको छ। वर्षाको पानी विद्युत् प्राधिकरणको जलेश्वरस्थित करिडोरमा जम्दा विद्युत् सुचारु हुन नसकेको महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए। स्थानीय व्यवसायीले जेनेटरमार्फत वैकल्पिक विद्युत्को बन्दोबस्त गरी व्यापार व्यवसाय सञ्चालन गर्दै आएको भट्टले बताए। 

उनले थपे, विद्युत् नहुँदा स्थानीयहरू सञ्चारविहीन बनेको छ। धन्न रातिको समयमा जूनको ज्योतिले जलेश्वर उज्यालोमय भएको छ। यहाँ अवस्थित विभिन्न सरकारी कार्यालयको प्रांगणमा त पानी अझ जमेकै छ। सम्बन्धित कार्यालयले आफ्ना मातहतमा जमेको पानीको स्तर घटाउनका लागि विभिन्न वैकल्पिक उपायहरू गरिरहेका छन्। क्रमिक रूपमा पानी घट्दासमेत पूर्ण रूपमा घट्नका लागि केही दिन लाग्न सक्ने उनले बताए। 

शनिबार राति रातु नदीमा आएको बाढीले जलेश्वरको रतवारा भन्ने स्थानमा बाँध कटान गरेपछि जलेश्वरमा बाढीको पानी पसेको होे। त्यस्तै, सोही दिन जलेश्वर नगरपालिका–३ को धवौलीमा सशस्त्र प्रहरी चेकपोस्टभन्दा दक्षिणमा ३५ मिटर बाँध कटान गरिएपछि नदीको पानी सोझै सदरमुकाम जलेश्वर प्रवेश गरेको हो। जसले गर्दा सदरमुकामस्थित जिल्ला कारागार, जिल्ला प्रहरी कार्यालय, जलेश्वरनाथ महादेव मन्दिर क्षेत्र, अस्पताल चोकलगायत विभिन्न सरकारी कार्यालयहरू अहिले डुबानमै छ।

नगरपालिकामा बाढीको पानी प्रवेश भएको तथा ढल जामको समस्याले दुई फिटभन्दा बढी पानी जमेको स्थानीय मुकेश पासवानले बताए। जलेश्वर नगरपालिकाको विभिन्न ठाउँमा सहरीकरणका लागि ढलसहितको सडक बनाइए तापनि ढल जाम हुने गर्दा सडकमै दुई फिटभन्दा बढी पानी जमेको पासवानको गुनासो रहेको छ।

बाढीको कारण सदरमुकामसँग जोडिने बर्दिबास, जनकपुर, सुँगा, सम्सीलगायत सडकखण्डहरू अवरुद्ध भएको छ। सर्वसधारणहरू आवश्यक परेको खण्डमा वैकल्पिक मार्गको पहिचान गरी सवारी गरिरहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.