जेनजी आन्दोलनका क्रममा फरार ९ कैदीबन्दी उदयपुरबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा फरार ९ कैदीबन्दी उदयपुरबाट पक्राउ
फाइल तस्बिर ।
सुन्नुहोस्

 उदयपुर : जेनजी समूहको आन्दोलनका क्रममा विभिन्न जिल्लाबाट फरार रहेका नौजना कैदीबन्दीलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा जबरजस्तीकरणी मुद्दादेखि कर्तव्य ज्यान, लागुऔषध, सवारी अंगभंग, डाकाचोरी उद्योगका ११ वर्ष कैद र ५५ हजार जरिवानासम्मका कैदीबन्दी रहेका छन् ।

जिल्ला प्रहरीक कार्यालयका प्रहरी प्रमुख एसपी राजन चापागाईका अनुसार जबरजस्तीकरणी मुद्दामा केन्द्रिय कारागार सुन्धारामा ११ वर्ष कैद सजाय भुक्तान गरिहेका चौदण्डिगढी नगरपालिका ४ का ६४ वर्षीय ज्ञानबहादुर सार्की र कर्तव्य ज्यान मुद्दाका बन्दी लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका ७२ वर्षीय सन्तबहादुर राई पक्राउ परेका छन् ।

त्यसैगरी नख्खु कारागार ललितपुरमा डाकाचोरी मुद्दामा ५५ हजार जरिवार र ५ वर्ष ६ महिना कैद सजाए तोकिएका त्रियुगा नगरपालिका ६ जलजलेका २८ वर्षीय सन्जिव दर्जी र जबरजस्तीकरणी मुद्दाका बन्दी त्रियुगा नपा १ जोगिदहका ३१ वर्षीय दिलिप कार्की रहेका छन् ।

त्यस्तै झुम्का कारागार सुनसरीमा जवरजस्ती करणी मुद्दामा नौ वर्ष १० महिना आठ दिन सजाए तोकिएका सुनसरी धरान उपमहानगरपालिका ८ का ३२ वर्षीय प्रविण सुन्दास, सोही मुद्दाका बन्दी बेलका नपा ३ का ४० वर्षीय योगेन्द्र राई, अर्का बन्दी चौदण्डीगढी नपा १ काभ्रेका ३७ वर्षीय धनबहादुर राई र लागुऔषध मुद्दाका बन्दी बेलका नपा ९ कमलावारीका २८ वर्षीय नरेश विक रहेको एसपी चापागाईले बताए ।

यसैगरी जिल्ला कारागार बैतडीमा सवारी अंगभंग मुद्दाका बन्दी रौतामाई गाउँपालिका ८ का २४ वर्षीय प्रेमबहादुर तामाङ रहेका छन् । फरार कैदीबन्दीलाई पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले गत भदौ २९ गतेदेखि असोज २१ गतेसम्म उनीहरुलाई लुकिछिपी आफ्नो र आफन्तको घरमा बस्दै गरेको अवस्थामा पक्राउ गरिएको एसपी चापागाईले बताए ।

पक्राउ परेका सबैलाई कानुनी प्रकृया पुरा गरी सम्बन्धित कारागारमा पठाउने तयारी भइरहेको उनले बताए । मौसम प्रतिकुलका कारण सडक अवरुद्ध हुँदा समयमा पठाउन नसकिएको र सडक सुचारु हुनसाथ सम्बन्धित कारागारलाई बुझाइने उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.