ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ
सुन्नुहोस्

धनुषा : धनुषाबाट ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको मिर्चेया नगरपालिका–७ बस्ने २४ वर्षीय निरजन यादव र सप्तरीको राजविराज नगरपालिका–९ बस्ने ३१ वर्षीय रोहन कुमार सिंह रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।

उनीहरुलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गबाट ब्राउन सुगर (खैरो हिरोइन)सहित पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले बताए। उनका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेक प्वाइन्ट खडा गरी जाँच गर्ने क्रममा बा।प्र।०३–००३ प २०८७ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ आइरहेका निरजन यादव र रोहन कुमार सिंहलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका निरजन र रोहनमाथि थप अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.