मधेशमा कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस

मधेशमा कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस
सुन्नुहोस्

जनकपुरधाम :  मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिष कुमार सिंहको राजीनामा नआउँदै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको दाबी पेस गरिएको छ। 

कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादवको नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरिएको हो। 

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले, कांग्रेस र जनमत पार्टीका ५८ जना सांसदको समर्थनसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका हुन्। 

बुधबार मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि एमालेले दिएको समर्थन फिर्ता लिँदै नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको हो। १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल २ प्रदेशसभा सदस्य निलम्बित छन् ।

तीन दलले नयाँ सरकार गठनका लागि दाबी पेस गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जानकारी दिए।  

एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.