एक महिनापछि स्कुले बालिकाको शव फेला

एक महिनापछि स्कुले बालिकाको शव फेला
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको तादी खोलामा हराएको एक महिनापछि स्कुले बालिकाको शव फेला परेको छ। 

घरवाट घांस काट्न जाने क्रममा गत भदौ २२ गते लिखु खोलाले बगाएर बेपत्ता भएकी लिखु गाउँपालिका-४ घर भई क्षेत्रफाल माविको कक्षा ६ मा अध्ययनरत ११ वर्षिया रश्मी श्रेष्ठको शव एक महिनापछि आइतबार भेटिएको हो। 

उनको शव बगाएको स्थानभन्दा सात किलोमिटर दक्षिणमा रहेको बेलकोटगढी नगरपालिका-९ डुम्रेवगरस्थित तादी खोलाको किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

बालिका रश्मीको शव खोलाको पानीमा डुबी ढुंगाको चेपमा अड्किएको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए। उनका अनुसार शव सडेगलेको अवस्थामा पानीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बालिकाको शवको त्रिशूली अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.