जनकपुर बोल्टको प्रशिक्षकमा चन्द्रपाल

जनकपुर बोल्टको प्रशिक्षकमा चन्द्रपाल
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो संस्करणको लागि वेस्ट इन्डिजका पूर्वखेलाडी शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। चन्द्रपालको नियुक्तिले एनपीएपलमट पहिलो सिजनमा विजेताको रूपमा बनाएको छविलाई निरन्तरता दिने टिमले जनाएको हो। 

चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्। आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा चन्द्रपालले २० हजार भन्दा बढी रन बनाए। उनीसँग क्यारेबियन प्रिमियर लिग (सीपीएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टी–२० र इन्डियन प्रिमियर लिगमा खेलेको अनुभव छ। उनले खेलाडीको रुपमा काउन्टी क्रिकेटमा पनि लामो समय बिताएका थिए। 

२०२२ मा ५१ वर्षे चन्द्रपाल सीपीएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक समेत रहिसकेका छन्। 

मंसिर १ गतेदेखि सुरु हुने एनपीएलमा जनकपुर डिफेन्डिङ च्याम्पियनको रुपमा दोस्रो संस्करणमा चन्द्रपालको प्रशिक्षणमा उपाधि रक्षाको निम्ति उत्रने तयारीमा रहेको छ।

‘जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालसँग दीर्घकालीन सम्झौता गरेको छ। हामी विश्व क्रिकेटका तीव्र गतिमा बढ्दै गइरहेका लिगहरूमध्ये एकमा आफ्नो विरासतलाई अझ अगाडि लैजान प्रतिबद्ध छौँ। उनको उपस्थितिले हाम्रो प्रशिक्षण टोलीलाई स्थायित्व दिनुका साथै स्वदेशी जनशक्तिलाई सिक्न र बढ्न प्रेरित गर्नेछ। खेलका महान् दिग्गजका रूपमा उहाँको नयाँ विचार, रणनीति र दृष्टिकोणले बोल्ट्सलाई फेरि पनि विजेता बनाउने यात्रालाई बल दिने विश्वास छ,' जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडाले बताए। 

जनकपुर बोल्ट्सलाई गत वर्ष एनपीएलको पहिलो संस्करणमा च्याम्पियन बनाउने प्रशिक्षक पुबुदु दासानायकेलाई धन्यवाद दिएको छ। दासानायके हाल अमेरिकाको राष्ट्रिय टोलीका प्रशिक्षणमा व्यस्त रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.