पावरप्लेमा नेपालले गुमायो दुवै ओपनर
काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्स अन्तर्गत दोस्रो खेलमा कतारविरुद्धको पावरप्लेमा नेपालले दुवै ओपनरको विकेट गुमाउँदै ३३ रन जोडेको छ।
ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेलको विकेट गुमाएको छ। २.४ ओभरमा कुशलले ८ बलमा १ चौकासहित ६ रनमा मिर्जा मोहम्मद बैगको बलमा विकेटकिपरको हातमा क्याच भए।
अर्का ओपनर आसिफ शेख १२ बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए। दुवै ओपनरको विकेट मिर्जाकै नाममा रह्यो।
हाल क्रिजमा कप्तान रोहित पौडेल १३ र कुशल मल्ल २ रनमा अविजित खेलिरहेका छन्।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। आजको खेलमा ललित राजवंशीको स्थानमा आदिल आलमले टिममा स्थान बनाएका छन्।
आजको खेलमा नेपालले कतारलाई हराएको खण्डमा नेपालले तेस्रो पटक विश्वकप खेल्ने सम्भावना निकै बलियो बन्नेछ।
आजको खेलमा पिच स्लो र ट्रिकी भएका कारण आजको खेलमा नेपालले सम्हालिएर खेल्नुपर्ने हुन्छ।
आजको पहिलो खेलमा ओमान र यूएईले यही पिचमा खेलेका थिए। जसमा ठुलो स्कोर बन्न सकेको थिएन ।
ओमानले सुपर सिक्समा २ खेल जित्दै हाल अंक तालिकामा राज गरिरहेको छ। नेपालले ओमानलाई पछ्याईहेको छ।
प्रतिक्रिया दिनुहोस !