किसानलाई मेयर बालेनले ‘फोहर’ भनेको भन्दै महासंघको आपत्ति, माफी नमागे थप कदम चाल्ने चेतावनी

किसानलाई मेयर बालेनले ‘फोहर’ भनेको भन्दै महासंघको आपत्ति, माफी नमागे थप कदम चाल्ने चेतावनी
सुन्नुहोस्

काठमाडौं : अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई अपमान गरिएको स्टाटस हटाएर माफी माग्न आग्रह गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाका मेयर साहले आफ्नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी ‘किसानझैँ फोहर’ भनि दिइएको अभिव्यत्तिप्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरिएको विज्ञप्तिमा किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुर्‍याउने उक्त अभिव्यक्ति अत्यन्त घोर भर्त्सनीय र निन्दनीय रहेको उल्लेख छ। मेयर साहलाई अविलम्ब आफ्नो स्टाटस हटाएर र किसानसँग माफी नमागे विरोधका कार्यक्रमहरू गर्ने चेतावनी समेत दिएको छ। null

‘काठमाडौं महानगरपालिकाका मेयर श्री बालेन साहले आफ्नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी “किसानझैँ फोहर ” भनि दिइएको अभिव्यत्तिप्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । मुलुकको प्रमुख र आधारभुत उत्पादक शक्तिका रुपमा रहेका आम किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुग्ने गरी दिइएको अभिव्यक्तिप्रति महासंघ घोर भत्सर्ना र निन्दा गर्दछ ।’  विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाको मेयरजस्तो जिम्मेबार पदमा आसिन व्यक्तिबाट यसप्रकारका अपमानजनक भनाई व्यक्त हुन खेदजनक छन् । मेयर साहलाई अभिलम्ब आफ्नो स्टाटस हटाउन र किसानसँग माफीमाग्न सूचित गरिएको छ । अन्यथा निज साहको विरुद्धमा महासंघले थप कदम उठाउने समेत चेतावनी दिन चाहन्छौं ।’

बालेनले कविताको शैलीमा भनेका छन् :

जलझैँ शीतल, फूलझैँ कोमल,
सुन न पित्तल, किसानझैँ फोहर।
आकाशझैँ विशाल,
स्पर्शझैँ सूक्ष्म,
सगरमाथाझैँ हिमाल,
थोपाझैँ पूर्ण।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.