मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनारको दाबी पेश
जनकपुरधाम : मधेश सरकारको नयाँ नेतृत्वको लागि जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा सरकार गठनको दाबी पेश भएको छ । मधेश प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीसमक्ष लोसपाका जितेन्द्र सोनलको नेतृत्वमा सरकारको दाबी पेश भएको हो ।
५ दल सम्मिलित सरकार गठनका लागि प्रदेश प्रमुख भण्डारीसमक्ष दाबी पेश गरिएको जसपा नेपालका प्रवक्ता तथा सांसद मनिष कुमार सुमनले जानकारी दिए । लोसपा नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको सम्मिलित सरकार बन्ने भएको हो ।
यसअघि नेपाली कांग्रेसको तृत्वमा नेकपा एमाले र जनमत पार्टी सम्मिलित सरकार गठनको दाबी पेश गरिए पनि अहिले समीकरण टुटेर नयाँ समीकरण तयार भएको छ ।
नयाँ सरकार गठनका लागि जसपा १९, जनमत १३, नेकपा माओवादी केन्द्र ९, लोसपा नेपाल ८, एकीकृत समाजवादी पार्टीको ७ सांसदसहित सरकार गठनको तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस !