संसद पुनर्स्थापना नभए जेनजीका माग ६ वर्षपछि मात्र पूरा हुन्छ : एकीकृत समाजवादी

संसद पुनर्स्थापना नभए जेनजीका माग ६ वर्षपछि मात्र पूरा हुन्छ : एकीकृत समाजवादी
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधि सभा पुनर्स्थापना नभए जेनजीका माग अबको ६ वर्ष लाग्ने दाबी गरेका छन्। आज सभामुख देवराज घिमिरेसँगको छलफलपछि पाण्डेले प्रतिनिधि सभा विघटन नभएको भए अहिले नै पूरा हुने अवस्था रहेको बताएका हुन्।

‘वास्तवमा अहिले संसद बचाएको भए जेनजीले सडकमा उठाएका माग कुराहरु, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि लिएर जुन कुरा उठाएका छन् ति पूरा हुन्थे। हामी बाचेकै संसदबाट काम कुरा गर्न सक्थ्यौ र त्यसकै आधारमा चुनावमा जान सक्थ्यौं। तर यो भएन।’ पाण्डेले भने,‘अब जेनजीको माग ६ वर्षपछि मात्र पूरा हुन्छ। किनभने अब चु्नाव हुन्छ। नयाँ प्रतिनिधि आउँछन्। उनीहरुले पनि कार्यकालको अन्तिम अन्तिममा संविधान संशोधन गर्छन्। त्यो अर्को चुनावमा मात्र हुन्छ। त्यो गल्ति भयो।’

वरिष्ठ उपाध्यक्षमा पाण्डेले राष्ट्रपति कार्यालयबाट संसद विघटनको विज्ञप्ति जारी गर्ने बित्तिकै ८ वटा दलका २२९ जना सांसदले असंवैधानिक भनेर वक्तव्य जारी गरेको उल्लेख गरे। उनले अदालतले सरकार बनेकोदेखि लिएर विघटन असंवैधानिक ठहर गर्‍यो भने नयाँ कोर्सबाट अगाडि बढ्ने बताए। उनले सर्वोच्चमा हिजो १० वटा रिट परेकाले न्यायिक परीक्षण हुने बताए। उनले सभामुख संसद विघटनको मुद्दा लिएर नजाने बताए।

पाण्डेले डिरेल भएको संवैधानिक अवस्थालाई लिकमा ल्याउने निर्वाचनले नै भएको बताए। पाण्डेले भने,‘अहिले संविधानमाथि पनि समस्या परेको छ। जुन धारा टेकेर सुशीला कार्की जी प्रधानमन्त्री बन्नुभएको छ। त्यो धाराअनुसार प्रधानमन्त्री बन्ने ठाउँ छैन।’
उनले कैदीबन्दी फरार रहेको, हातहतियार लुटिएको, गोली हराएको अवस्थामा आगामी निर्वाचन निष्पक्ष हुन नसक्ने दाबी गरे।पाण्डेले भने,‘ तर, अहिले चुनावको वातावरण छैन। सरकारका मन्त्रीहरू नै चुनाव नगर्ने नगर्ने टाइपका भाषणहरू गरिरहेका छन्।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.