सरकारले फागुन २१ मा चुनाव गराओस्, जसपा भाग लिन्छ : प्रदीप यादव

सरकारले फागुन २१ मा चुनाव गराओस्, जसपा भाग लिन्छ : प्रदीप यादव
सुन्नुहोस्

वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिने बताएका छन्।

आज वीरगन्जमा जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवले आगामी चुनावमा भाग लिन जसपा तयार रहेको बताएका हुन्। 

उनले भने, ʻअहिलेको अन्तरिम सरकार चुनाव गराउनकै लागि बनेको हो। त्यसैले सरकार इमानदार भएर तोकिएकै मितिमा चुनाव गराओस्, जसपा चुनावमा भाग लिन तयार छ।ʼ 

पूर्वमन्त्री यादवले जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा चुनाव गर्ने वातावरण बनाउन लाग्नुपर्नेमा जोड दिए। उनले चुनावको तयारीमा लाग्न जसपाका नेताकार्यकर्तालाई निर्देशन पनि दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.