एमाले केन्द्रीय कमिटी बैठकमा १३४ नेताले दिए यस्ता सुझाव

एमाले केन्द्रीय कमिटी बैठकमा १३४ नेताले दिए यस्ता सुझाव
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिन १ सय ३४ जना सदस्यहरूले धारणा राखेका छन्। बिहीबार ललितपुरमा बसेको बैठकमा अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति विषयक विशेष प्रस्तावमाथि १ सय ३४ जना सदस्यहरूले धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

बैठकमा सदस्यहरूले संविधान र जनअधिकारको रक्षाको लागि प्रतिनिधिसभाको पुनःस्थापना गरेर जार्नुपर्नेमा जोड दिएको गौतमले बताए। संविधान पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याएर व्यापक जनपरिचालनका माध्यमबाट निर्णयमा पुराउनुपर्ने तर्क आएको उनको भनाइ छ।

गौतमले संविधानलाई ट्रयाकमा ल्याउने एकमात्र सहज बाटो संसद पुनस्र्थापना मात्रै हुन्छ भन्ने निष्कर्षमा केन्द्रीय कमिटी बैठक अघि बढेको उल्लेख गरे। निर्वाचन आयोगसँगको छलफलमा निर्वाचनको वातावरण बनाउनको लागि ७ बुँदे धारणा बुझाएको उल्लेख गर्दै उनले निर्वाचनको वातावरण बन्न नसकेकोमा पार्टी स्पष्ट रहेको बताए।

सरकारलाई निर्वाचनको वातावरण बनाउन एमालेले अपिल समेत गरेको उनले बताए। जेनजी आन्दोलनमा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा एमालेको स्पष्ट मान्यता रहेको गौतमले  बताए। एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार बिहान बस्ने र बाँकी सदस्यहरूले धारणा राखेपछि सम्भव भएसम्म शुक्रबार नै बैठक सम्पन्न गर्ने एमालेले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.