प्रहरी दिवसमा भक्कानिए सहिद परिवार

प्रहरी दिवसमा भक्कानिए सहिद परिवार
तस्बिर : अन्नपूर्ण

परासी :  जिल्ला प्रहरी कार्यालय नवलपरासीको गेट अगाडि पुगेकालाई सेन्ट्री/आर.पी. (रिपोटिङ्ग प्रहरी) मा बसेका प्रहरीले सोध्दै भित्र जान अनुमति दिँदै थिए । शुक्रबार गेट अगाडि पुगेका अधिकांश मनिलो अनुहारसहित आँसु पुछ्दै भित्र पस्दै थिए । कसैले बर्दी (पोशाक) लगाएका प्रहरीलाई हेरेर टोलाउने गरेका थिए भने कसैले रुमाल र सलले आँखा छोप्दै कार्यक्रम स्थलमा जाँदै थिए।

७० औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा पुगेका सबै सहिद प्रहरी परिवार मलिन देखिन्थे । कार्यक्रममा शान्ति सुरक्षाका क्रममा ज्यान गुमाएका प्रहरी परिवारलाई सम्मान गर्न कार्यक्रम तय गरिएको थियो । त्यहाँ पुगेका सहिद परिवारलाई आफन्तको झल्को आएपछि मन थाम्न नसकी आँसु पुछ्दै उनीहरू कार्यक्रमस्थल पुगेका थिए । 

कार्यक्रम सुरु भएपछि प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठ सहिद परिवारजनलाई दोसल्ला ओढाएर सम्मान गर्न पुगे । सम्मान गर्ने क्रममा एसपी श्रेष्ठसमक्ष सहिद पविारहरू भक्कानिएर रुन थाले । प्रहरी सहायक निरीक्षक सीता चुनाराले उनीहरूलाई अंगालोमा लिएर सान्तवना दिँदै थिइन् । सहिद परिवार भक्कानिएको देखेपछि कार्यक्रममा सहभागी सबैका आँसु रसाएका थिए । 

प्रहरी दिवसका अवसरमा २५ जना सहिद परिवार र दुई अशक्त प्रहरीलाई सम्मान गरिएको थियो । त्यसैगरी जिल्लाको शान्ति सुरक्षासहित विपद् व्यवस्थापनलगायत सामाजिक कार्यमा उत्कृष्ट काम गर्ने कार्यालय सहयोगीदेखि प्रहरी अधिकृत र पूर्वप्रहरीलाई समेत सम्मान गरिएको थियो। दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका प्रहरी खेलाडीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

सम्मान कार्यक्रममा एसपी श्रेष्ठले प्रहरीले सीमित घेरामा मात्र नभइ धेरै क्षेत्रमा समेत काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि सबैको सहयोग अपरिहार्य भएको बताए । पछिल्लो समय सबैको साथ र सहयोगका कारण प्रहरीले जिल्लाको शान्ति सुरक्षासहित राजस्व संकलनमा समेत उल्लेखनीय प्रगति गरेको भन्दै सबैको प्रशंसा गरे । 

विगतका वर्षका विभिन्न संघ संस्थासहितको सहभागितामा जिल्ला प्रहरी कार्यालयले दिवस मनाउँदै आइएको थियो । यसवर्ष भने देशको बदलिँदो परिस्थितिका कारण पूर्वप्रहरी, सहिद परिवार, अशक्त प्रहरी र बहालवाला प्रहरीको सहभागितामा आन्तरिक कार्यक्रम गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) विरदत्त पन्तले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.